गोपी कृष्णमा ‘कबड्डी कबड्डी कबड्डी’ क्रेज(फोटो फिचर)



०४ असोज २०७६, काठमाडौं

गत जेष्ठमा प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’बाट नेपाली फिल्मको व्यापार खस्किएको छ।

यद्यपि यसबीचमा ‘हजार जुनीसम्म’, ‘मारुनी’, ‘जाइरा’लगायतका फिल्महरु प्रदर्शनमा आए। तर, कुनै पनि फिल्मले दर्शकहरुको ध्यान खिच्न सकेन।

तर, अहिले प्रदर्शनरत फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले भने आशालाग्दो व्यापार गरेको छ।

प्रदर्शनको पहिलो दिन डेढ करोडको व्यापार गरेको फिल्मले दोस्रो दिन(शनिबार) २ करोडको व्यापार गर्ने अनुमान गरिएको छ।

मोफसलका सिनेमा घरमा फिल्म तथा दर्शकहरुका कुरा भिन्नै होला। तर, यता चाबहिलस्थित गोपी कृष्ण सिनेमा घरमा दर्शकहरुको खचाखच देखिएको छ।

थप तस्वीरहरु हेर्नुस्ः

   

प्रतिक्रिया दिनुहोस्