
०४ भदौ २०७६, काठमाडौं
सरकारले तोकेभन्दा मेडिकल कलेजले नियमविपरीत बढी शुल्क आफूहरूबाट असुलेको भन्दै विभिन्न मेडिकल कलेजका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्।
विद्यार्थीहरुले उठाएको मागमा एक्वेवद्धता जनाउँदै सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सले आज (शनिबार) माइतिघर मण्डलामा प्रदर्शन गर्ने भएको हो।
उनीहरुले माइतिघरमा ११ बजेबाट प्रदर्शन गर्न लागेका हुन्।





