सप्तरीमा ७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ !



०३ असोज २०७६, शुक्रबार

सप्तरीमा एक पुरुषले ७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा जेल चलान भएका छन् ।

सप्तरीको खडक नगरपालिका–८ मुसहर्नियाका ४० वर्षीय रोहित सदा ७० वर्षीय वृद्धा बलात्कारको कसुरमा थुनामा परेको जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिएका छन् ।

सदाले अत्यधिक मदिराको नशामा अर्की युवती ठानेर वृद्धालाई बलात्कार गरेको स्विकारेका छन् । घरका सबैजना मेला हेर्न गएका बेला वृद्धामाथि बलात्कार गरेको हो । बलात्कार घटनालगत्तै फरार भएका अभियुक्त काठमाडौंमा मजदुरी गर्दै बसेका थिए ।

उदयपुरको त्रियुगा नगरपािलका–३ घर भएकी पीडित दुई महिनादेखि भाइको घरमा बस्दै आएकी थिइन् । पीडितका भाइले मिलापत्र गरी मुद्दा टुंग्याउने आश्वासन दिएपछि सदा घर फर्केका थिए । अनि उनि पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्