भक्तपुरमा बढ्दै डेगुं संक्रमण, १ सय ९७ जनामा डेगुं देखिएको पुष्टि



०२ असोज २०७६, काठमाडौँ

अहिले देशमा डेगुंको संक्रमण निकै बढेको छ । जसको कारणले जनताहरु दिनप्रतिदिन त्राशित बन्दै गएका छन् ।

देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ । भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा १९७ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ ।

यस वर्ष भक्तपुरमा गत भदौ ८ गते पहिलोपटक डेंगु सङ्क्रमितको पहिचान भएको थियो । कार्यालयका अधिकृतका अनुसार ज्वरो आउनेबित्तिकै डेंगु रोगको आशङ्कामा अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको भीड लाग्ने गरेको छ ।

जिल्लामा सबभन्दा बढी भक्तपुर नगरपालिका क्षेत्रमा डेंगु सङ्क्रमित बिरामी भेटिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्