
०१ असोज २०७६, काठमाडौं
उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव आज (वुधबार) अमेरिका जाने भएका छन्। मन्त्री यादव बेलुका ठिक ९ः३० बजे अमेरिका जाने तयारीमा रहेका छन्।
सेप्टेम्बर २२—२३ मा अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्टसंघको महासभामा स्वास्थ्यको सर्वव्यापी पहुँच सम्बन्धी उच्चस्तरीय बैठकमा सहभागी हुनको लागि मन्त्री यादव आज अमेरिका जान लागेका हुन्।
मन्त्रालयलले जारी गरेको विज्ञिप्तअनुसार मन्त्री यादव असोज १४ गते मात्रै नेपाल फर्कने भएका छन्।





