प्रसूति गृहको पार्किङ स्थलमा सिलिन्डर पड्कियोः दुई घाइते



०१ असोज २०७६, काठमाडौं

काठमाडौंको थापाथलीस्थित प्रसूति गृहको पार्किङ स्थलमा अक्सिजन ग्यास सिलिन्डर पड्किदाँ २ जना घाइते भएका छन्। पार्किङ स्थलमा अक्सिजन ग्यासको सिलिन्डर बनाउने क्रममा मंगलबार दिउँसो पड्किएको हो।

ग्यास सिलिन्डर फड्कँदा काभ्रेस्थली घर भएका २७ वर्षीय अमिजित भण्डारी र २६ वर्षीय मदन भण्डारी घाइते भएका छन्। घाइते दुवै जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले बताए।

प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्