
०१ असोज २०७६, काठमाडौं
स्वास्थ्य सेवा अन्तरगर्त यसअघि स्तरबृद्धि भएका पाँचौँ, छैटौँ र सातौँ तहका कर्मचारीहरु समायोजनले घटुवा गरेको भन्दै आन्दोलित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरुले गैरकानूनी ढंगबाट समायोजनका बेला आफूहरुको घटुवा गरेको आरोप लगाएका हुन्।
योग्यता नपुगेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि दफा ९ (१) बमोजिम स्तरबद्धि भएका कतिपय कर्मचारीहरुको पुरानै पदनाम तोकिदिएको छ। यसले अहेवबाट स्तरबृद्धि भई एचए भएका कर्मचारी फेरी अहेवमै झरेका हुन्।
जनस्वास्थ्यकर्मी बसन्त श्रेष्ठले स्वास्थ्य सेवा ऐन दफा ९ (१) बमोजिम आफूहरुको स्तरबृद्धि भई दशौँ बिसौँ बर्ष देखि त्यो पदमा कार्यरत भएको व्यक्तिलाई यति खेर आएर यो मिल्दैन भन्नु गैरकानूनी रहेको जिकिर गरे। उनले निजामति तर्फ एक तह बढुवा भएर समायोजन तथा पदस्थापन गरिएको तर स्वास्थ्यकर्मीहरुको झन् तह घटुवा गरेको आरोप लगाए।





