बुद्धिबंगरा फाउन्डेशन जापानका पदाधिकारीलाई सम्मान



०१ असोज २०७६, काठमाडौं

बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज तथा कान्तिपुर स्कुल अफ डेन्टिष्ट्रीले आफ्नो स्थापना काल देखि नै शैक्षिक तथा प्राविधिक क्षेत्रमा सहयोग गरिरहेको बुद्धिबंगरा फाउन्डेशन जापानका पदाधिकारीलाई सम्मान गरेको छ।

अस्पतालमा आयोजित एक कार्यक्रममा कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले फाउन्डेशनका अध्यक्ष योको वातानाबे, उपाध्यक्ष काजुवो उसुई र कोजिरो हिरोईलाई सम्मान गरेका हुन्।

बुद्धिबंगारा फाउन्डेशन जापानले कान्तिपुर स्कुल अफ डेन्टिष्ट्री तथा कान्तिपुर डेन्टल कलेजलाई सन् १९९७ देखि शैक्षिक तथा प्राविधिक सहयोग गर्दै आईरहेको छ। पछिल्लो पटक फाउन्डेशनकै सहयोगमा कलेजले गीभ अ स्माईल प्रोजेक्ट साथै स्कुल ओरल हेल्थ कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्