
३१ भदौ २०७६, काठमाडौं
जिल्ला समन्वय समिति काठमाडौंद्वारा आर्थिक बर्ष २०७५/७६ मा संचालित स्थानीय नगरपालिकाहरुको योजना तथा कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रममा पूर्व प्रधानमन्त्री माधव नेपालले काठमाडौं उपत्यकाको एकीकृत मास्टर प्लान बनाउनुपर्ने धारणा राखेका छन् ।
हामीकहाँ पहिलो कुरा प्लान हुँदैन, प्लान भएपनि कार्यान्वयन हुँदैन, कार्यान्वयन भएपनि समयमै पूरा हुँदैन भन्दै नेपालले ऐतिहासिक अवसर पाएको स्थानीय सरकारले जनसरोकारका विषयहरुमा गम्भीर भएर परिणाममूखी काम गर्न निर्देशन दिए ।
बाटो विकासको प्राथमिक आधार भएकोले गुणस्तरीय सडक निर्माणको लागि सबै नगरपालिकाहरुले उचित ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
सिङ्गो काठमाडौं उपत्यकालाई सफा, सुग्घर, हराभरा र सुन्दर बनाउन सबै नगरपालिकाहरुले ध्यान दिनुपर्ने बताए ।