दक्षिण कोरियामा पहिलो पटक भेटियोः स्वाइन फ्लू



३१ भदौ २०७६, काठमाडौं

दक्षिण कोरियामा पहिलो पटक स्वाइन फ्लू भेटिएको छ। स्वास्थ्य अधिकारीहरुले आज मंगलबार सो कुरा पुष्टी गरेका छन्।

सुँगुरबाट सर्ने यो रोगका कारण चीनदेखि उत्तर कोरियासम्म हालसम्म कैयौँ सुँगुर मारिएका छन्। अफ्रिकाबाट सुरु भएको यस प्रकोपका कारण ती देशका पनि कैयौँ सुँगुर काटिएका थिए जसका कारण हाल विश्वभर सुँगुरको मासुको मूल्य बढेको छ।

सङ्क्रमणका कारण ज्वरो आउने यस स्वाइन फ्लू नामक प्रकोप देखा परेको दक्षिण कोरिया पछिल्लो देश हो। दुई कोरियाको सीमा क्षेत्रमा रहेको एक नगर पाजुको एक सुँगुर फार्ममा पाँच ओटा सुँगुर मरेको अवस्थामा भेटिएका थिए।

मरेका ती सुँगुर भेटिएपछि गरिएको अनुसन्धानका क्रममा ती सुँगुरमा नै फ्लू भएको पाइएको दक्षिण कोरियाली कृषि मन्त्रालयका कर्मचारीलाई उद्धृत गर्दै दिइएको समाचारमा बताए।

दक्षिण कोरियाको कृषि मन्त्रालयका अधिकारीले दिएको जानकारी अनुसार फार्ममा मरेका सुंगुरमा स्वाइन फ्लू प्रमाणित भइसकेको छ, अरु अनुसन्धान जारी छ। ती अधिकारीले उत्तर कोरियाको सिमानाबाट उक्त फ्लू दक्षिणमा देखिएको हुनसक्ने अनुमानलाई अहिले नै स्वीकार गर्न भने नसकिने बताए।

उनले भने– अहिले नै यो फ्लू उत्तर कोरियाबाट यता स¥यो भनेर भन्न सकिने अवस्था छैन, किनभने यसबारेमा अनुसन्धान भइरहेकाले उक्त सम्भावनालाई पुष्टि गर्नु चाँडै हुनेछ।

प्रतिक्रिया दिनुहोस्