पर्यटनमन्त्री योगेश भट्टराईको आग्रहमा ज्ञानेन्द्र शाही हिरासतमुक्त



३० भदौ २०७६, काठमाडौं

‘नेपालका लागि नेपाली’ अभियानका भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही ललितपुर प्रहरी हिरासतबाट थुनामुक्त भएका छन् ।

केही दिनअघि नेपालगञ्ज बिमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको गालीगलौज तथा दुर्व्यवहारको विषयमा स्पष्टीकरण दिन शाहीले पुल्चोकमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा शाही र केही ब्यक्तिबिच हात हालाहाल भएपछि प्रहरीले उनलाई सुरक्षाका लागि लगेको थियो ।

प्रहरीले उनलाई अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा चलाउने तयारी गर्दै थियो तर पर्यटनमन्त्री भट्टराईको आग्रहमा शाहीलाई प्रहरीले मुद्दा नचलाइ रिहा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्