स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. पोखरेललाई नियुक्त



३० भदौ २०७६, काठमाडौं

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. रोशन पोखरेललाई दिईएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. पोखरेललाई सो जिम्मेवारी दिएका हुन्।

‘निर्णय त भै सक्यो रे। तर चिठी हात परेको छैन्,’ डा पोखरेलले भने, ‘त्यसैले अहिले म मन्त्रालयमै छु।’

समायोजन पछिको पदस्थापनमा कोशी अस्पतालका निर्देशक भएका डा. पोखरेलको स्थानमा मन्त्रालयले विभागका महानिर्देशक रहेका डा गुणराज लोहनीलाई पठाएको थियो। त्यसपछि उनी कन्सलटेन्टको भूमिकामा थिए।

यता विभागमा १२ औँ तहका प्रमुख विशेषज्ञ रहरेका सुशीलनाथ प्याकुरेललाई पठाइएको थियो । प्याकुरेलले गत २२ भदौमा अनिवार्य अवकाश पाएका छन्। त्यसयता विभाग रिक्त थियो।

प्रतिक्रिया दिनुहोस्