भायनेटको दशै तिहार टिभी उपहार



२९ भदौ २०७६, काठमाडौं

नेपालको पहिलो र बिशाल FTTH (Fiber-to-the-home) इन्टरनेट सर्भिस प्रोभाइडर  भायनेट कम्युनिकेसन्स्ले यही भाद्र २६ गतेदेखि  दशै र तिहारलाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको लागि“भायनेट दशै तिहार TV को उपहार” नामक नयाँ अफर ल्याएको छ

यस अफर अन्तर्गत भायनेटका ग्राहकहरुले अतिरिक्त स्पिडको इन्टरनेट र २३० भन्दा बढी Channel भएको NETTV को साथ SKYWORTH को ३२ र ४० इन्च टि.भि भारी छुटमा प्राप्त गर्न सक्नेछन् । इन्टरनेट र टि.भि.का ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरुले ३२ र ४० इन्चको SKYWORTH एलईडी टि.भि घरमै लैजान सक्ने कम्पनीले जानकारी गराएको छ ।

वार्षिक रु २५,९९० प्लस ख्ब्त् को मुल्यमा ग्राहकहरुले ५०mbps स्पिडको इन्टरनेट र २३० भन्दा बढी Channel भएको NETTV को साथ SKYWORTH को ३२ इन्च टि.भि पाउनेछन् । ग्राहकहरुको सुबिधा र ईच्छालाई मध्यनजर गर्दै भायनेट कम्युनिकेसन्स्ले SKYWORTH को ४० इन्च टि.भि र इन्टरनेटको Combo Pack पनि ल्याएको छ ।

वार्षिक रु ३४,५४५ प्लस VAT को मुल्यमा ग्राहकहरुले ५०mbps स्पिडको इन्टरनेट र २३० भन्दा बढी Channel भएको NETTV को साथ SKYWORTH को ४० इन्च टि.भि घरमै लैजान पाउनेछन र साथै प्रथम २०० जना ग्राहकहरुले थप रु १४७५ को छुट समेत हुनेछ ।

विगत १९ वर्षदेखिभायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमाब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्दै आइरहेको छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल बिराटजगर, ईटहरी, बीरगंज, हेटौडा, टाँडी, नारायणगढ, बुटवल, भैरहवा, धनगढी, धधेलधुरा, बनेपामा समेत ग्राहकहरुलाई आफ्नो इन्टरनेट र टि.भि सेवा सुचारु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्