चिकित्सा शिक्षाका लागि बंगलादेश पुगेका विद्यार्थीले डा.मिश्रलाई सुनाए समस्या



३० भदौ २०७६, काठमाडौं

कार्यभार सम्हाल्न बंगलादेश पुगेका नवनियुक्त राजदुत डा.बंशीधर मिश्रले त्यहाँका कलेजमा चिकित्सा शिक्षा अध्ययन गर्न पुगेका नेपाली विद्यार्थीसंग भेट गरेका छन्। भेट गर्ने क्रममा उनले नेपाली विद्यार्थीको समस्या समाधान गर्न सक्दो कोशिस गर्ने प्रतिवद्धता समेत जनाएका छन्।

शनिबार नेपाल बंगलादेश मेडिकल वेलफेयर सोसाइटी (एनबीएसएम) का अध्यक्ष रजनीश अधिकारी र बंगबन्धु शेख मुजिब मेडिकल युनिभर्सिटीमा पीजी अध्ययनरत डा. सम्राट पराजुलीको नेतृत्वमा गएको विद्यार्थीहरुको टोलीले राजदुत डा. मिश्रसंग दुतावासमा भेट गरेको थियो।

सो क्रममा उनीहरुले नेपाली विद्यार्थीहरुको समस्या सुनाएका थिए। उनीहरुले आफूहरुले अध्ययन्का क्रममा मेडिकल कलेजहरुबाट नियमानुसार पाउनुपर्ने तलव (स्टाईपेन्ड) र अन्य सुविधाबाट बन्चित बन्चित भएको भन्दै समस्या समाधानका लागि पहल गरिदिन राजदुत डा मिश्रलाई ज्ञापनपत्र समेत बुझाएका थिए।

‘स्टाइपेन्डका लागि पहिला पनि पहल गरिदिन पहिले पनि प्रधानमन्त्री र परराष्टमन्त्री समक्ष कुरा पुर्याएका थियौँ तर राजदुत नहुँदा बंगलादेश सरकारसंग समन्वय गर्ने संयन्त्रको अभाव भयो भन्ने कुरा आयो। अव चाहि राजदुत आउनु भएको छ। समस्या समाधान होला कि ?,’ हाडजोर्नी विषयमा अधययन्रत डा पराजुलीले बताए।

प्रतिक्रिया दिनुहोस्