
२९ भदौ २०७६, काठमाडौं
नेपाल नर्सिङ काउन्सिलको निर्वाचन मत परिणाम सार्वजनिक गरिएको छ। रिक्त तीन सदस्यमा डा. तारा शाह, कृष्णकुमार पौडेल र जिता बराल निर्वाचित भएका छन्।
शनिबार सम्पन्न निर्वाचनको अन्तिम मत शाह, पौडेल र बराल निर्वाचित भएका हुन्। जसमध्ये शाहले १४९१, पौडेलले १२९९ र बरालले १२१६ मत प्राप्त गरेका थिए।
परिषद्को तीन पदका लागि ८ जनाले उम्मेद्वारी दर्ता गरेका थिए। १४ मतदान केन्द्र धनकुटा विराटनगर, सुनसरी, जनकपुर, वीरगञ्ज, चितवन, काठमाडौँ, पोखरा, पाल्पा, बुटबल, सुर्खेत नेपालगञ्ज, दाङ, धनगढीमा तोकिएको थियो।
सबैभन्दा बढी काठमाडौंमा ९ सय ७२ र सबैभन्दा कम धनकुटामा ९ मत खसेको थियो।
नर्सिङ काउन्सिलको इतिहासमा पहिलो पटक बोर्ड सदस्यको लागि चिर्वाचन भएको हो। करिब १३ हजार मतदाता रहेको काउन्सिलमा २५ प्रतिशत मात्रै मत खसेको थियो। निर्वाचनमा ३ व्यक्तिसँगै सरला केसी, मित्रकुमारी देवकोटा, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की र रीना श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो।





