नेपाल नर्सिङ काउन्सिलको निर्वाचन मत सार्वजनिक



२९ भदौ २०७६, काठमाडौं

नेपाल नर्सिङ काउन्सिलको निर्वाचन मत परिणाम सार्वजनिक गरिएको छैन। तर प्राप्ता भएको जानकारी अनुसार मत परिणामले कुनकुन उम्मेद्धार विजयी भए भनेर भन्न सकिने देखिएको छ।

मतगणना स्थलमा रहेको स्रोतले दिएको जानकारी अनुसार डा. तारा शाह, कृष्णकुमारी पौडेल र जीता बराल उच्चतम भोट ल्याई विजयी भएका हुन पुगेका छन् भने बरालले तुलसा अधिकारीलाई १० मतले पछि पारेको देखिएको छ।

यसपटकको निर्वाचनमा नेकपा निकट नर्सहरुको प्यानलले दुई सिट र नेका निकट प्यानलले एक सिट ल्याएको छ। नेकपा निकट प्यानलबाट उठेको बागि उम्मेद्धारले राम्रो भोट ल्याउँदा आधिकारिक भनेर उठाइएका उम्मेद्धारलाई घाटा भएको स्पष्ट देखिन्छ।

हिजो मध्यरातमा भोट गणना गरि सकेको निर्वाचन समितिले आज दिउसो २ बजे बैठक बोलाएको छ।

 

प्रतिक्रिया दिनुहोस्