भारतले यसरी गरेको थियो डेंगुको नियन्त्रण



२८ भदौ २०७६, काठमाडौं

नेपालमा यसअघि खासै असर नदेखिएको डेंगु अहिले देशका ५६ भन्दा बढी जिल्लाहरुमा देखिन थालेको छ।

डेंगु नियन्त्रणका लागि सरकारी स्तरबाट नै गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने देखिएता पनि अहिलेसम्म त्यस्तै पहल केही पनि भएको छैन।

करिब तीनवर्ष अघि भारतको राजधानी नयाँ दिल्लीमा डेंगुरोगबाट १७ हजार पाँच सय जना प्रभावित भएका थिए।

तर अहिले नयाँ दिल्लीमा डेंगु नगन्य रुपमा रहेको पाइएको छ।

यसरी गर्यो नियन्त्रणः

भारत सरकारले बस्ती तथा शहरभित्र पानी जम्ने खाल्डाखुल्डी पुर्नुका साथै लामखुट्टे बस्ने र बस्न सक्ने सम्भावित क्षेत्रमा रसायनिक विधिद्धारा लामखुट्टे मारिएको थियो।

माछा लामखुट्टेको प्राकृतिक दुश्मन हो, माछाले लामखुट्टेका लार्भाहरुलाई नियन्त्रण गर्दछ, यहि अनूरुप डेंगु नियन्त्रणका लागि मत्स्यापालनलाई जोड दिएको थियो।

प्रतिक्रिया दिनुहोस्