यी महिलाले डोरीले बाँधेर आफ्नै श्रीमानको लिङ्ग काटिदिइन्



२८ भदौ २०७६, काठमाडौँ

उत्तरी क्यारोलिनाकी ५६ वर्षीय भिक्टोरिया थोमस फ्राबटले आफ्ना ६१ वर्षीय पति जेम्स फ्राबटलाई बाँधेर गुप्तांग काटिदिएकी छिन् । मेलअनलाइनका अनुसार न्युपोर्टको मरडोट रोडमा रहेको घरभित्रै उनले यो घटना घटाएकी थिइन् । अहिले यो घटनाले विश्वभर तहल्का मच्चाइरहेको छ । यो कुराको जानकारी पिडित पुरुषले दिएका छन् ।

अहिले ती पुरुषको उपचार भैरहेको छ । तर चिकित्सकले उनको काटिएको लिङ्गको भाग जोड्न नसकिने जानकारी दिएका छन् । अहिले ती महिला प्रहरीको हिरासतमा छिन् भने उनीविरुद्ध आफ्नै श्रीमानलाई बन्दी बनाएर उनीमाथि हमला गरेको आरोपमा मुद्धा दर्ता गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्