स्क्रब टाइफसको संक्रमणबाट २० वर्षीय भरत खातीको मृत्यु



२७ भदौ २०७६, काठमाडौं

कैलालीमा स्क्रब टाइफसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

बिरामी भएपछि उपचारका लागि मायामेट्रो अस्पतालमा भर्ना भएका २० वर्षीय भरत खातीको मृत्यु भएको अस्पतालका डा. मोहन भट्टराईले बताए। भदौ २१ गते अस्पताल भर्ना भएका खातीको आइसियुमा उपचार भइरहेका बेला मृत्यु भएको हो।

कैलालीसहित सुदूरपश्चिमका नौ जिल्लामा बिहीबारसम्म ४५ जना उपचाररत थिए। कैलालीका पाँच र डडेल्धुराका ४० जना उपचाररत रहेको सामाजिक विकास मन्त्रालय धनगढीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्