करेन्ट लागेर बाबुको ज्यान गयो, छोराछोरी भए गम्भिर घाइते



२६ भदौ २०७६, काठमाडौँ

महोत्तरी जिल्लामा करेन्ट लागेर ४९ बर्षिया पुरुषको ज्यान गएको छ भने उनका २ छोराछोरी गम्भिर घाइते भएका छन् ।

मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

भुईमा झरेको नाङ्गो तार छुदाँ सियारामको ज्यान गएको हो । यस्तै बाबुलाई करेन्ट लागेको देखेपछि बचाउन गएका छोराछोरीलाई पनि करेन्ट लागेपछि उनीहरु गम्भिर घाइते हुन् ।

करेन्ट लागेको थाहा पाउने बित्तिकै सियारामसहित उनका छोराछोरीलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो । उनका छोराछोरीको अझै उपचार भैरहेको छ भने सियारामलाई डाक्टरले बचाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्