चितवनको इच्छाकामना गाउँपालिकाद्धारा एम्बुलेन्स सेवा सञ्चालन



२६ भदौ २०७६, काठमाडौं

चितवनको इच्छाकामना गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ।

जिल्लाको विकट मानिएको यो गाउँपालिकामा बिरामीलाई स्वास्थ्य सस्थासम्म पुर्याेउन समस्य भएपश्भात एम्बुलेन्स खरीद गरिएको गाउँपालिकाले जानकारी दिए। प्रदेश सरकारको अनुदानमा रु. १० लाख ४७ हजार ३५५ लागतमा एम्बुलेन्स खरीद गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताइन्।

“गाउँपालिकाभित्र आवश्यकताअनुसार पर्याप्त एम्बुलेन्स नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन्”, अध्यक्ष गुरुङले भनिन्, “यसलाई मध्यनजर गर्दै हामीले एम्बुलेन्स खरीद गरेका हौँ ।” गाउँपालिकाभित्रका बिरामीलाई केही प्रतिशत छुट दिने बताइएको छ।

यसैबीच यहाँको राजमार्गमा अत्यधिक दुर्घटना हुने भएकाले भएका एम्बुलेन्सबाट मात्र सेवा प्रवाह गर्न कठिनाइ भएका छन्। इच्छाकामना गाउँपालिकाभित्र पर्ने मौवाखोलादेखि रिग्दिखोलासम्म ३५ किलोमिटर केन्द्रीय राजधानी छिर्ने मुख्य राजमार्ग पर्ने र त्यहाँ दुर्घटना बढी हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्