प्रहरीका अत्याधुनिक ३ निकाय यसरी बन्दै(९ तस्वीर)



२४ भदौ २०७६, काठमाडौं

काठमाडौं प्रहरी परिसर, महानगरीय अपराध महाशाखा र नेपाल पुलिस क्लबको नयाँ भवन निर्माण कार्य थालिएको छ।

मंगलबार बिहान काठमाडौं प्रहरीका लागि भद्रकाली र टेकुमा महाशाखाको अत्याधुनिक भवन निर्माण कार्य महानिरीक्षक सर्वेन्द्र खनालले शिलान्यास गरे।

२०७२ सालमा गएको भूकम्पबाट हनुमानढोकास्थित कार्यालय भवनमा क्षति पुगेपछि प्रहरीका दुई निकाय टेकुस्थित नेसनल साल्ट ट्रेडिङको जग्गामा सारिएका थिए।

भूकम्प गएको ४ वर्ष बितिसक्दा पनि राजधानीमै प्रहरीका निकाय पालमुनि बस्न बाध्य भएको भन्दै गुनासो आउने गरेको थियो।

अब भवन निर्माण भएपछि प्रहरीले अत्याधुनिक ठाउँबाट सेवा प्रवाह गर्ने महाशाखाले जनाएको छ।

१५ रोपनाी जग्गामा भवनः

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार भद्रकालीमा रहेको नेपाल खाद्य संस्थानको १५ रोपनी जग्गामा कार्यालय भवन निर्माण थालिएको छ।

नयाँ संरचना २ वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

भवन निर्माणको लागत ३० करोड हुने अनुमान गरिएको छ भने यो आर्थिक वर्षमा १२ करोड रुपैयाँ निकासा भइसकेको बताइएको छ।

थप तस्वीरहरु हेर्नुस्ः

तस्वीरः अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्