मुस्कानको उपचारमा कुनै कमि हुन नदिन केन्द्र र प्रदेश सरकार प्रतिबद्ध



२४ गते २०७६, काठमाडौं

स्वास्थ तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र कुमार यादवले एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनको पछिलो स्वास्थ्य अवस्था बारे किर्तिपुर अस्पताल पुगेर स्थलगत जानकारी लिएका छन् ।
वीरगञ्जमा शुक्रबार हनुमान माध्यमिक विद्यालयमा अध्ययनरत मुस्कान खातुन एसिड आक्रमणमा परेकी थिईन् ।

समाजबादी पार्टीका सघिंय सांसद मा.प्रदिप यादवले एसिड आक्रमणबाट घाइते किशोरीको उपचारका लागि रु पचास हजार दिनु भएको छ भने, प्रदेश २ का मुख्य मन्त्री लालबाबु रावत ले रु पाँच लाख दिने निर्णय गर्नुभएको छ ।

घाइते मुस्कानको उपचारमा कुनै कमि हुन नदिन केन्द्र सरकार र प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी गराइएकोे छ ।

प्रतिक्रिया दिनुहोस्