चिनियाँ विदेशमन्त्रीद्वारा भक्तपुर दरबार क्षेत्र अवलोकन



२४ भदौ २०७६, काठमाडौं

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले भक्तपुर दरबार स्क्वायरलगायत सम्पदाको स्थलगत अवलोकन गर्नुभएको छ ।

भक्तपुर दरबार क्षेत्र, न्यातपोल मन्दिर, दत्तात्रय मन्दिरलगायत ठाउँ अवलोकन गर्नुभएका विदेशमन्त्री वाङले यहाँका सम्पदा देखेर प्रसन्न हुँदै तस्वीर पनि लिनुभएको थियो ।

चिनियाँ राजदूत हउ याङ्छीलगायत भ्रमण दलका अन्य सदस्यसहित भक्तपुरका सम्पदाको अवलोकन भ्रमण गर्नुभएका उहाँले आफ्नो तस्वीर नखिंच्न पत्रकारलाई आग्रह गर्नुभएको थियो । उहाँले आफूलाई सामान्य पर्यटकजस्तै गरी भक्तपुर अवलोकन गर्न दिन आग्रह गर्दै तस्वीर नलिइदिन अनुरोध गर्नुभएको एक सुरक्षाकर्मीले जानकारी दिनुभयो । भक्तपुर घुम्न पाउँदा अत्यन्त खुशी लागेको र यहाँका ऐतिहासिक सम्पदा देखेर रमाइलो लागेको विदेशमन्त्री वाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्