प्रधानमन्त्री भेट्न चिनियाँ विदेशमन्त्री बालुवाटारमा



२३ भदौ २०७६, काठमाडौं

तीनदिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

परराष्ट्रमन्त्री स्तरीय छलफल र साझेदारीमा हस्ताक्षर गरेका विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री ओलीसँगको भेटमा चिनियाँ राष्ट्रपति सी जिन फिङको सम्भावित नेपाल भ्रमण बारे छलफल हुने बुझिएको छ ।

प्रधानमन्त्रीसँगको भेटपछि चिनीयाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्न राष्ट्रपति भवन शितल निवास जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्