स्वास्थ्य डा.सुरेन्द्र यादवले गरेः बृद्धाआश्रमका वृद्धाहरुको स्वास्थ्य जाँच



२२ भदौ २०७६, काठमाडौं

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले जनकपुरस्थित जानकी बृद्धाआश्रमका वृद्धाहरुको स्वास्थ्य जाँच गरेका छन्।

व्युटिसियन एसोशिएसन धनुषाले आश्रममा आयोजन गरेको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रमलाई उदघाटन गर्दै राज्यमन्त्री डा. यादवले केही वृद्धाहरुको स्वास्थ्य परीक्षण आफै गरेका हुन्।

स्वास्थ्य जाँच गर्दै उनले स्वस्थ्य रहन खानपिन, उठबस तथा अपनाउनुपर्ने संयमताको विषयमा वृद्धाहरुलाई सल्लाह सुझाव दिएका थिए। बृद्धामा बढी दम रोगको समस्या रहेको राज्यमन्त्री यादवको भनाई छ।

सो अवसरमा उनले आश्रमका वृद्धाहरुको निःशुल्क स्वास्थ्योपचार र औषधिको व्यवस्था गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन्।

शिविरमा वृद्धाहरुलाई निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो। वृद्धाअश्रममा अहिले १६ जना वृद्धाहरु छन् । जानकी वृद्धा आश्रममा सन्तान नभएको तथा सन्तानबाट पीडित वृद्धाहरु बस्ने गर्छन।

प्रतिक्रिया दिनुहोस्