बलिउडका यी पाँच कलाकार, जसको सलमान मुखसम्म हेर्न चाहदैँनन्



२१ भदौ २०७६, काठमाडौँ

सलमान खान बलिउडका किङ्ग हुन् । उनले खेलेका अधिकांश चलचित्र सफल छन् । सलमान रिसालु अभिनेताको रुपमा पनि चिनिन्छन् । जसका कारण धेरै कलाकारसँग उनको दुश्मनी रहेको  छ ।

अझ भन्नुपर्दा सलमान केही कलाकारको त मुख पनि हेर्न चाहदैँनन् । सलमान खान दोस्ती र दुश्मनी दुवै राम्रोसँग निभाउने गर्छन् ।

ऐश्वर्या राय

धेरैलाई थाहा नै छ ऐश्वर्या र सलमान कुनै समयमा एकअर्कालाई निकै माया गर्थे । यी दुईको प्रेम देखेर जो कोहीलाई डाहा लाग्ने गर्थ्यो । तर सलमानले अलि बढी नै हक जमाउन थालेपछि ऐश्वर्याले उनलाई छोडिदिइन् । जसका कारण उनीहरुबिच दुश्मनी सुरु भयो ।

अर्जुन कपुर

अर्जुन कपुरसँग सलमानको त्यस्तो कुनै दुश्मनी थिएन । तर पछिल्लो समयमा सलमानकी पूर्व बुहारी मलाइका अरोरासँग प्रेममा छन् । जुन कुरा थाहा पाएपछि सलमानले अर्जुनलाई यसबारे सोध्दा अर्जुनले झुट बोले र सलमानले उनलाई घृणा गर्न थाले ।

अर्जित सिंह

अर्जित सिंह बलिउडका निकै चर्चित गायक हुन् । एक कन्सर्टमा सलमान र अर्जितबिच बाजाबाज भएको थियो । जसका कारण सलमान अर्जितसँग बोल्दैनन् ।

मलाइका अरोरा

मलाइका अरोरा सलमानकी बुहारी थिइन् । तर उनले सलमानका भाइलाई छोडेपछि सलमानलाई मलाइका मन पर्दैन । भाइसँग डिभोर्स भएपछि सलमानले मलाइकालाई आफ्नो चलचित्रको हिस्सा पनि बन्न दिएका छैनन् ।

विवेक अबरोय

विवेक अबरोयसँग सलमानको पुरानो दुश्मनी रहेको छ । ऐश्वर्यासँग सलमान प्रेममा भएको समयमा नै विवेकले पत्रकार सम्मेलन गरेर सलमानबारे नराम्रो प्रचार फैलाएका थिए । त्यसपछि सलमान विवेकको अनुहार समेत हेर्न चाहदैँनन् ।

प्रतिक्रिया दिनुहोस्