मृगौला प्रत्यारोपण र घुँडा परिवर्तनका लागि अत्याधुनिक उपचार विधि शुरु



२१ भदौ २०७६, काठमाडौं

भारतस्थित नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालका चिकित्सकले म गौला प्रत्यारोपण र घुँडा परिवर्तन (रिप्लेसमेन्ट सर्जरी)का लागि अत्याधुनिक उपचार विधि शुरु गरेको छ।

काठमाडौंमा गरिएको एक पत्रकार सम्मेलनमा अपोलोबाट आएका चिकित्सकहरुले मृगौला रोग र घुँडा सम्वन्धी रोगको उपचारका लागि आफूहरुले भित्र्याएको नयाँ प्रविधिबारे जानकारी दिएको हो।

उक्त,पत्रकार सम्मेलनमा अपोलोका बरिष्ठ रिनल ट्रान्सप्लान्ट सर्जन प्राडा सन्दिप गुलरिया, युरोलोजिष्ट डा.एन सुब्रमन्यन, र अर्थोपेडिक सर्जन डा. यस गुलाटीले अस्पतालले भित्र्याएको उपचार पद्धतीका बारेमा बताएका थिए।

यस्तै, अपोलोको डेपुटी जनरल म्यानेजर अजय भारध्वाजले नेपाली विरामीले लिन सक्ने सुविधाबारेमा प्रकाश पारेका थिए । उनले अपोलोमा नेपाली र भारतीयलाई लिने उपचार खर्च समान भएको जानकारी दिए। उनले अझ नेपाली विरामीको लागि एयरपोर्टबाट निशुल्क पिकअप ड्रपको सुविधा दिएको जानकारी दिए।

सो अवसरमा चिकित्सकहरुको टोलीले मृगौला र घुँडाको उपचारका लागि अस्पतालमा भएका प्रविधिको बारेमा जानकारी गराएका थिए।

कन्सलट्यान्ट युरोलोजिष्ट डा एन सुब्रमन्यन भन्छन्, ‘२१ हजार बढीको मिर्गौला प्रत्यारोपण गरेका छौँ। अहिले हाम्रो टिममा रिनाउन डाक्टर र प्रविधि थपिएका छन्। हाम्रो सक्सेस रेट ९७ प्रतिशत भन्दा बढी छ। अपोलो मल्टीस्पेश्यालिटी अस्पताल हो। त्यसैले पनि नेपालबाट जाने विरामीले यो थाह पाउन जरुरी छ।’

डा.गुलाटीका अनुसार अपोलोमा घुडा परिवर्तन (नि रिप्लेसमेन्ट) उपचारमा नयाँ र विकसित पद्धती भित्रयाइएको छ। पहिले यसका लागि पुरै घुँडा निकाल्नु पर्दथ्यो तर अव विग्रेको भाग मात्रै निकालेर रिप्लेस गर्न सकिन्छ।

यसले धेरै ठूलो शल्यक्रिया गर्नु पनि पर्दैन र विरामी छिटो निको हुन्छ। करीब ३० प्रतिशत विरामीको यो नयाँ पद्धतीबाट घुँडाको प्रत्यारोपण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्