गीत गाएर एकाएक चर्चामा आएकी रानूलाई लताले भनिन् : अरुको नक्कल गरेर सफलता मिल्दैन’



२१ भदौ २०७६, काठमाडौँ

रानू मण्डलले यतिबेला बलिउड तताइरहेकी छिन् । रेलवे स्टेशनमा बसेर गीत गाएर आफ्नो गुजारा चलाइरहेकी रानूमा अचानक सलमान खान, हिमेश रेशमिया जस्ता बलिउडका चर्चित कलाकारको नजर पर्यो ।

उनीहरुकै सहयोगका कारण रानूले गीत पनि रेकर्ड गराइसकेकी छिन् । उनको गीतलाई दर्शकले निकै रुचाएका पनि छन् । अहिले जताततै रानूको तारिफ भएको छ । तर बलिउडकी चर्चित गायिका लता मंगेशकरले पनि रानूलाई अरुको नक्कल नगर्न आग्रह गरेकी छिन् ।

लताले रानूलाई अरुको नक्कल गरेर केही चर्चामा आउन सकेपनि यसले लामो समयसम्म सफलता नदिने बताइन् । उनले भनिन्, ‘यदि मेरो नाम र कामले कसैको भलो हुन्छ भने त्यो मेरो भाग्य हो । तर मलाई लाग्छ कसैको नक्कल गरेर तपाईं लामो समयसम्म सफल हुन सक्नुहुन्न । मेरो गीत वा किशोर कुमार, रफी साहब वा मुकेश भाईका गीत गाएर उम्रिएका गायकरगायिकाले केहि समय ध्यान तान्न त सक्छन् तर सफल हुन सक्दैनन् ।’

प्रतिक्रिया दिनुहोस्