खोलाले कार बगाउँदा एकको मृत्यु



२० भदौ २०७६, काठमाडौं

अविरल बर्षापछि खोलामा आएको बाढीले दोलखामा कार बगाउँदा एक जनाको मृत्यु भएको छ।

कालिञ्चोक गाउँपालिका–९ मा पर्ने सुन्द्रावती खोलाले सिंगटीबाट चरिकोट आउँदै गरेको बा १९ च ४३९० नम्बरको कार गएराति खोलाले बगाउँदा तामाकोशी गाउँपालिका–३, जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ।

कारमा तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र लिखु तामाकोशी गाउँपालिका–२, रामेछापका पवन पौडेल कारसँगै बगेका थिए।

राति नै उनीहरुलाई प्रहरीले उद्धार गरेको थियो। उनीहरूको जिल्ला अस्पताल दोलखामा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्