
१७ भदौ २०७६, काठमाडौं
प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयले प्रदेशको समग्र स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने सुझाव सहितको प्रतिवेदन बुझाउने एक कार्यदलको गठन गरेको छ।
डा. रामकेवल साहको अध्यक्षतामा गठन भएको कायदलमा डा. प्रमोद सर्राफ, डा. अजयकुमार मिश्र, डा. पशुपति चौधरी, डा. सिद्धार्थ ठाकुर र रामानन्द पण्डित सदस्य रहेका छन् भने कार्यदलको सदस्यसचिव लक्ष्मेश्वर झा रहेका छन्।
कार्यदललाई प्रदेशको समग्र स्वास्थ्य नीतिको रुपरेखा तयार गरी प्रतिवेदन बुझाउन भनिएको छ। प्रतिवेदन तयार गरी बुझाउँन ६ महिनाको समय दिइएको छ।
‘यसमा प्रदेशको बर्तमान अवस्था, प्रदेशका स्वास्थ्य संस्था, प्रादेशिक स्वास्थ्य नीति, स्वास्थ्यमा सुधार कसरी गर्न सकिन्छ? प्रदेशिक ऐन कानून, स्वास्थ्य कार्यक्रमको अनुगमन कसरी गर्ने आदि बारेमा विस्तृत प्रतिवेदन तयार गर्नुपर्नेछ,’ कार्यदलका सदस्य डा अजयकुमार मिश्रले भने।





