अध्ययनको खुलासाः यौन सम्पर्क राख्नाले हुन्छ यस्तो अचम्मको फाईदा



१५ भदौ २०७६, काठमाडौं

यौन सम्पर्क भनेको प्राकृतिक प्रकृया हो।

विभिन्न अध्ययन तथा अनुसन्धानले देखाए अनुसार यौन सम्पर्कबाट शारीरिक र मानसिक रुपमा मानिस तन्दुरुस्त रहने गरेको पाइन्छ।

मानिसहरु शारीरिक चाहाना पूरा गर्नका लागि यौन सम्पर्क राख्ने गर्दछन्।

तर…

नेपाली समाजमा यौन सम्पर्कका विषयमा बोल्न र लेख्न भने प्रायः मानिसहरु हिच्किच्याउँने गर्दछन्।

अध्ययनका अनुसार, यौन जीवन राम्रो भएमा मानिस खुशी पनि हनुन सक्छ।

यौन सम्बन्ध केवल यौन सुख, भावनात्मक सामिप्यता तथा सफल दाम्पत्य जीवनका लागि मात्र महत्वपूर्ण नभएर जसका अन्य विभिन्न फाइदा पनि भएको चिकित्सकहरु बताउँछन्।

यौन सम्पर्क गर्दाे कस्ता–कस्ता फाईदाहरु हुन्छन्?

जसको बिषयमा यी जानकारी तपाईहरुका लागिः


मुटु रोगको समस्य कमः

मानिसको मुटुलाई स्वस्थ बनाउनका लागि पनि यौनसम्पर्कको राम्रो प्रभाव हुने अध्ययनले खुलाएको छ।

जुन मानिस हप्तामा कम्तिमा २ पटक यौन सम्पर्क गर्छन्।

उनीहरुमा हृदयघातको जोखिम कम हुने अनुसन्धानकर्ताहरुको दाबी रहेको छ।

रोग प्रतिरोधात्मक क्षमता बढ्छः

अध्ययन भन्छ, हप्तामा एक–दुईपटक यौन सम्पर्क राख्ने व्यक्तिमा शरिरको प्रतिरक्षी तत्व इम्युनोग्लोबुलिनको मात्रा बढाइ रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

सुमधुर सम्बन्धः

यौन सम्पर्कले अक्सिटोसिन नामक हर्मोनको मात्रा बढाउँछ।

यस हर्मोनले आत्मिय सम्बन्ध सुमधुर बनाउनका साथै एक–आपसमा विश्वास बढाउँछ।

हृदयघातको सम्भावना कमः

तुलनात्मक रुपले धेरै यौनसम्पर्क नगरेको अवस्था भन्दा गर्ने गरेको मानिसमा हृदयघातको संम्भावना कम देखिने अध्ययनले खुलाएको छ।

तौल घटाउन मद्दत:

यौन सम्पर्कले शरिरको तौल कम गर्ने अध्ययनले खुलाएको छ।

अध्ययनले भन्छः यौन सम्पर्क गर्दा शारीरीक तथा मानसिक कार्य हुने हुँदा यसले शरिरको तौल कम गर्न पनि मद्दत गर्दछ।

प्रोस्टेट ग्रन्थीको क्यान्सर हुने सम्भावना कम

अध्ययनले प्रोस्टेट ग्रन्थीको क्यान्सर र वीर्य स्खलनको सम्बन्ध देखाएको छ।

धेरै पटकको वीर्य स्खलनले पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थीको क्यान्सर हुने सम्भावना कम गर्छ।

शरिर स्वस्थ र स्फूर्ति:

यौन सम्पर्कले महिलाको पेल्भिक मांशपेशीहरुलाई पनि बलियो बनाउँछ।

यौन सम्पर्कले मानिसमा राम्रो निन्द्रा जगाउँछ जसले गर्दा शरीर स्वस्थ र स्फूर्ति हुन्छ।

महिनावारी सम्बन्धि समस्या कम:

अक्सिटोसिन हर्मोनको प्रभावले टाउको दुखाइ, हाडजोर्नीको दुखाइ, महिनावारीसँग सम्बन्धित समस्याहरु पनि कम गर्दछ ।

प्रतिक्रिया दिनुहोस्