
१५ भदौ २०७६, काठमाडौं
तोकिएको अवधीमा माग पुरा नगरेको भन्दै चिकित्सा शिक्षा संघर्ष समितिले आज त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) को डीन कार्यालय र परीक्षा शाखामा तालाबन्दी गरेका छन्।
संघर्ष समिति संयोजक समेत रहेका महाराजगञ्ज मेडिकल क्याम्पसका स्ववियू सभापति डा. मिलन गैह्रेको नेतृत्वमा गएको टोलीले आईओएमको डीन कार्यालय र परीक्षा शाखामा तालावन्दी गरेका हुन्।
समितिले तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारवाही गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा भए अनुसारको ७५ प्रतिशत छात्रबृत्तिको व्यवस्था हुनुपर्ने, साझा प्रवेश परीक्षा हुनुपर्ने लगायत ८ सुत्रीय माग राखेका छन्।







