खानुहोस् बदामः जसले छालालाई आकर्षक बनाउनुका साथै गर्छ क्यान्सरको निदान



१५ भदौ २०७६, काठमाडौं

बदाम स्वास्थ्यको लागि निकै लाभदायिक मानिन्छ।

बदामलाई प्रोटिनको भरपूर श्रोत पनि मानिन्छ।

अझ, जाडो मौसममा त बदामलाई पहिलो नम्बर मा नै राख्न सकिन्छ।

साथीभाईहरुसँग बसेर घाम ताप्दै बदाम खानुको मज्जा नै बेग्लै हुन्छ।

जुन बदामले मानिसलाई रमाईलो मात्रै गराउँदैन।

बदामले शरिरलाई अत्यधिक फाईदा पुर्याउने चिकित्सकहरुको भनाई छ।

एक अध्ययनका अनुसार सधैँ बदाम खानुले छालालाई सुुन्दर र आकर्षक बनाउनुका साथै क्यान्सर, डिप्रेसन लगायत अन्य विभिन्न रोगहरु लाग्नबाट बचाउँछ।

त्यसैले जान्नुहोस् बदामका फाईदाहरुः

छालामा चमकः

बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिर्जभेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउन मदत गर्दछ।

बदाममा पाइने पोषणयुक्त फाईबर छालामा हुने अत्यधिक तेललाई फ्लस गरी छालालाई नरम र चम्किलो बनाउने अध्ययनले खुलाएको छ।

बदाममा बृद्ध हुनबाट जोगाउने अणु पाईन्छ।

जसले छालालाई चाउरीपनबाट जोगाउनका साथै अनुहार लगायत शरिरका अन्य भागमा दाग आउन दिदैंन।

क्यान्सरबाट हुन दिदैंनः

बदाममा ‘फाईटोस्टेरोल’ नाम गरेको तत्व पाईन्छ।

फाइटोस्टेरोलले आधारभूत रुपमा ट्युमरलाई नियन्त्रण गर्नका साथै क्यान्सर हुनबाट बचाउँछ।

तौल नियन्त्रण गर्छः

बदाम खाँदा पेट छिटो डुम्म हुने भएकाले अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन।

धेरै खाने इच्छा नहँुदा मोटो मानिसको तौल घट्ने सम्भावना हुन्छ ।

मोटो मानिसहरुले नियमित बदाम खाँदा तौल घटाउन प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएका छन्।

कोलेस्टोर नियन्त्रणः

बदाममा हुने असंतृप्त फ्याटी एसिडको प्रचुरताका कारण बदामले शरिरमा सन्तुलित कोलेस्टोरको तह कायम गर्न सहयोग गरी विभिन्न प्रकारका रोगको जोखिमबाट बचाउँछ।

कपाल सुन्दरः

बदाममा कपाललाई सुन्दर बनाउने पोषणयुक्त तत्वहरु पाईन्छ।

तीमध्येको एउटा तत्व ‘लार्जिनाईन’ हो।

जसले कपाल बृद्धि गर्नका साथै कपाल झर्नबाट बचाउँछ।

डिप्रेसनबाट जोगाउँछः

बदाममा हुने ‘ट्राईपटोफन’ नामक तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्दछ।

स्ट्रेस र तनाबबाट मुक्ती हुनका लागि दैनिक एक मुठी बदाम खानुहोस्।

शिशुलाई स्वस्थ बनाउँछः

बदाममा हुने फोलिक एसिडले शिशुलाई गम्भीर न्युरल ट्युब डिफेक्टस दिमाग,स्पाईन र स्पाईनल कोर्र्डमा जन्मिदै देखिने समस्याबाट बचाउँछ ।

तसर्थ, गर्भाधारणको सुरुवातीदेखि नै यस्ता समस्याबाट बच्न बदाम खानुहोस्।

प्रतिक्रिया दिनुहोस्