
१३ भदौ २०७६, काठमाडौं
वास्तापमा नेपाली समाजका मानिसहरु यौन सम्बन्धि कुरा गर्न भने लाज मानिरहेका हुन्छन्।
तर, महत्वपूर्ण कुरा यो होकि सेक्स स्वास्थ्यका लागि निकै लाभदायिक मानिन्छ।
एक अध्ययनका अनुसार, नियमित यौन सम्पर्कबाट मुटुरोगको सम्भावना पनि कम रहन्छ भने राम्रोसँग गरिने यौन सम्पर्कले मानसिक तनाब पनि काम हुन्छ।
तर…
कस्तो अवस्थामा यौन सम्पर्क राख्ने? कस्तो अवस्थामा नराख्ने?

मानिसको आ–आफ्नै धारणाहरु सुनिन्छ।
कतिपय अवस्थामा भने यौन सम्पर्क राख्नुहुँदैन।
जस्तैः शिशुको स्याहार–सुसार गरिरहेको समयमा आमाले शिशुसँग माया ममता बाँड्छन्। यस्तो अवस्थामा आमाको एकाग्रता शिशुप्रति हुन्छ।
स्तनपान गराएको समयमा आमाका लागि अन्य विषय गौण हुन्छ।
यौनजन्य काम गौण हुन सक्छ।

शिशुलाई स्तनपान गराइरहेको समयमा कुनै पुरुषले महिलालाई यौनका लागि प्रस्ताव गरे त्यस्ता पुरुषप्रति महिलाको वितृष्णा जाग्न सक्छ।
त्यसैले, महिलाको वितृष्णाबाट बच्न पनि स्तनपानको समयमा पुरुषले महिलालाई यौनका लागि प्रस्ताव नगर्नु नै उचित हुन्छ।
महिनावारीः
महिनावारी भएको सात दिनसम्म यौन सम्पर्क गर्नुहुँदैन।
किनभने, महिनावारी भएको अवस्थामा हर्मने परिवर्तन हुने भएकाले महिलाको पेट दुख्ने मात्रै हैन योनिबाट रगत बग्ने हुन्छ।

हर्मनको उत्तारचढाव त हुने नै भयो।
यस्तो अवस्थामा यौन सम्पर्क गरेको खण्डमा महिलामा संक्रमण हुने जोखिम हुन्छ। महिनावारी भएको अवस्थामा महिला शारीरिक तथा मानसिक रुपमा कमजोर हुने अवस्था हो।
यस्तो अवस्थामा यौन सम्पर्क गर्दा झन् कमजोर अनुभूति हुन्छ।
गर्भवतीः
गर्भवती भएको अवस्थामा यौन सम्पर्क राख्नु ठिक हैन।

गर्भवती भएको अवस्थामा यौन सम्पर्क गर्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ।
गर्भवती भएको अवस्थामा अधिकांश महिलाजन्य हर्मन बढ्ने भएकाले महिलाको शारीरिक तथा मानसिक अवस्थामा उत्तारचढाव आउँछ।
महिनावारी, गर्भवती र स्तनपानको समयमा यौन सम्पर्क गर्नु शारीरिक, मानसिक तथा वैज्ञानिक विश्लेषणले पनि उपयुक्त हैन।
हप्ताको एक चोटि यौन सम्पर्क गर्नू उचित मानिने अध्ययनले खुलाएको छ।





