महामारीको रुपमा फैलिदै डेङ्गु: यस्ता छन् विश्वव्यापी तथ्य



१३ भदौ २०७६, काठमाडौं

गत बैशाखमा पहिलो पटक धरानमा देखिएको डेंगुले अहिले महामारीको रुप लिएको छ।

देशका ४२ जिल्लामा फैलिएको यो रोगको संक्रमणबाट झण्डै ५ हजार मानिस विरामी परेका छन् भने केहीको मृत्युसमेत भएको हो।

सरकारले डेङ्गु नियन्त्रण गर्न प्रयास गरेको भएता पनि सफल भने हुन सकेको छैन।

विहीबार डाकेको सर्वपक्षीय बैठकमा डेंगु नियन्त्रण गर्ने प्रयास भएपनि अपेक्षित सफलता प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जुन महामारी नियन्त्रण गर्न आफूले मात्रै नसक्ने स्पष्ट पारेको छ।

मनसुन शुरु भएपछि देखिनुपर्ने डेंगु तीन महिना अघि नै देखिएको र देशभर फैलिएको अवस्था भएकोले यसपटक डेंगुको खतरा थप बढी देखिएको छ।

डेङ्गु के हो? जसको तथ्यः

–डेङ्गु लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग हो।

–एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्दछ।

जसले बढी मात्रामा दिउँसोको समयमा टोक्ने गर्दछ।

–यो लामखुट्टेले सामान्यत जमेको सफा पानीमा अण्डा पार्ने गर्दछ ।

एउटा पोथी लामखुट्टेले आफ्नो जीवनभर करीब ५ सय देखि हजार वटासम्म अण्डा पार्दछ।

–संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन्।

संक्रमित पोथी लामखुट्टेले पारेको अण्डाबाट जन्मने नयाँ लामखुट्टेमा डेंगुको विषाणु बोकेको हुन्छ। र त्यसले अर्को स्वस्थ मानिसलाई टोकेमा उक्त व्यक्तिबाट संक्रमित हुन्छ।

–पोथी लामखुट्टेलाई अण्डा पार्नका लागि प्रचुरमात्रामा प्रोटिनको आवश्यकता पर्ने भएकोले पोथी लामखुट्टेले मात्र टोक्ने वा रगत चुस्ने गर्दछ।

–भाले जातको लामखुट्टेले बोट विरुवाको रस चुसेर जीवनयापन गर्दछ।

लक्षणः

–संक्रमणकाल ३–१० दिन उच्च ज्वरो आउनु

–पेट दुख्ने

–वाकवाकी लाग्ने

–आँखाको गेडी दुख्ने

विश्वव्यापी अवस्थाः

–विगतको केही दशक देखि विश्वभर नै डेंगुको संक्रमण अत्यधिक रुपले बढ्दै गएको दखिन्छ।

वितेको ५० बर्षमा यो रोगको संक्रमण ३० गुणाले बढेको पाइएको छ।

–विश्वको आधाभन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेका छन्।

संसारका १२८ भन्दा बढी मुलुकका ३.९ अर्व मानिसहरु यस रोगको जोखिम क्षेत्रमा बसोबास गर्दछन्।

–प्रत्येक वर्ष झण्डै ३९ करोड मानिसमा डेंगु रोगको संक्रमण हुनाका साथै २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ।

नेपालको अवस्थाः

–सन् २००४ मा पहिलो पटक विरामी ( विदेशी) भेटिएको थियो।

–सन् २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका विरामी भेटिएको।

–सन् २०१० मा चितवन लगायत रुपन्देही, नवलपरासी आदि जिल्लामा महामारीको रुपमा फैलिएको।

–देशभरमा ९१७ केशहरु देखिएको।

–सन् २०१६ मा चितवन, झापा र रुपन्देह जिल्लामा महामारीको रुपमा फैलिएको र देशभरमा १५२७ केशहरु देखिएको।

–सन् २०१७ मा चितवन झापा र रुपन्देही जिल्लामा महामारीको रुपमा फैलिएको र देशभरमा जम्मा २१११ केशहरु देखिएको।

–सन् २०१८ मा कास्की रुपन्देही र चितवन जिल्लामा महामारीको रुपमा फैलिएको।

१७. यसबर्ष गत ३० बैशाखमा पहिलो पटक धरानमा देखिएको डेंगु अहिले ४२ जिल्लामा पुगेको छ भने ४ हजार ९६२ जना संक्रमित भएका छन्।

डेङ्गुबाट सजग रहने उपायः

–घरको झ्याल, ढोकामा जाली लगाउनुहोस्।

–एडिस एप्टिलाई जातको लामखुट्टेले दिउँसै टोक्ने हुँदा शरिर ढाक्ने लुगा लगाउनुहोस्।

–झुलको प्रयोग गर्नुहोस्।

–घरको वर–पर सफा सुग्घर राख्ने र खाल्टाखुल्टी पुर्नुहोस्।

प्रतिक्रिया दिनुहोस्