भालुको आक्रमणमा एक किशोरको क्षत–विच्छेद अनुहार म्याक्जिलो फेसियल सर्जरी गरी मिलाईयो



१२ भदौ २०७६, काठमाडौं

भालुको आक्रमणमा एक १६ बर्षीय किशोरको क्षत–विच्छेद अनुहार बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल (केडीसी)ले जोडिदिएको छ।

बेलकोटगढी नगरपालिका ११ मझुवाका किशोर प्रकाश तामाङको क्षतविच्छेत अनुहार केडीसीका म्याक्जिलो फेसियल सर्जन डा.सुमित सिंह नेतृत्वको टोलीले साढे सात घण्टा लामो शल्यक्रिया गरि जोडिदिएको हो।

गत ४ भदौको विहान घरबाट केही पर बारीमा घाँस काटन जाँदा प्रकाशलाई भालुले आक्रमण गरेको थियो।

आक्रमणबाट प्रकाशको अनुहार क्षतविच्छेत बनाएको थियो भने शरीरका विभिन्न भागमा चिथोरेको थियो।

विहानको समयमा घटना भएका कारण परिवारले उसैदिन उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पुरयाएका थिए।

तर प्रकाशको उपचारका लागि उपयुक्त डाक्टर विदामा बसेको भन्दै अर्को दिन कान्तिपुरका लागि रिफर गरेका थिए।
‘उ (प्रकाश) लाई यहाँ ल्याउँदा अनुहार क्षतविच्छेत अवस्थामा थियो। मस्तिष्कबाट सीएसएस भन्ने तरल पदार्थ लिक भईरहेको थियो । गालामा नाकमा प्वाल परेको थियो।

आँखा कसो कसो जोगिएको त थियो तर त्यसलाई अड्याउन चाहिने हड्डी समेत टुक्रिसकेको थियो,’ म्याग्जिलो सर्जन डा. सिंहले भने, ‘तर हाम्रो टिमले क्वीक रेस्पोन्स गरी शल्यक्रिया गरिदिइ हाल्यौँ। अहिले उनको अवस्था निकै सुधार भईसकेको छ।’

डा. सिंहका अनुसार मुखको शल्यक्रियाका लागि मात्रै घाइतेकै शरीरका विभिन्न ठाँउबाट हड्डीका टुक्रा लिएर जोडेको बताए । हामीले यसरी करीब १४ वटा हड्डीका टुक्रा प्रयोग गरयौँ।

हिप (कम्मर)को भागबाट र मुखको तल्लो च्यापुको भागबाट हड्डीका टुक्रा राखेर अड्याईको छ। त्यसबाहेक केही टाइटेनीमको प्लेटको समेत राखेर अहिले अनुहारलाई पुरानै सेपमा फर्काउने कोशिष गरिएको छ र हामी त्यसमा सफल भएका छौँ।

डा. सिंहले समयमै उपचारका लागि नआएको भए सीएसएसको कमीले बच्चामा म्यानेन्जाइटिस लगायतका अरु जटिल रोग लाग्न सक्ने बताए।

केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले सही उपचारका लागि सही ठाँउमा विरामी पुर्याउनुपर्ने अहिलेको सबैभन्दा महत्वपूर्ण पक्ष हो भन्दै मुख दन्त तथा अनुहारसम्वन्धी सबै ट्रमा केशहरु आफूहरुले सहज रुपमा गरिरहेको बताए।

हामीसंग त्यहि किसिमको साधन छ र जनशक्ति। त्यसैले हामीले गरेका केशहरु सफल भएका छन्।

प्रकाशका दाजु चन्द्रबहादुरले अनुहारको उपचारमा केडीसी निकै माथि रहेको आफूले पाएको भन्दै कुन ठाँउमा कुन रोगको सहि समयमा उपचार हुन्छ भनेर सबैले बुझ्नु पर्ने बेला आएको बताए।

प्रतिक्रिया दिनुहोस्