
१२ भदौ २०७६, काठमाडौं
बद्लिदो मौसमसँगै हरेक समय कपालको स्याहार गर्न उत्तिकै महत्वपूर्ण हुन्छ।
कपालको थोरै बेवास्ताले नै कपाल झर्ने, टुक्रिने हुन्छ।
जसकारण प्रायः जसो मानिसहरु कपाल झर्ने समस्यबाट गुज्रिरहेका हुन्छन्।

चाहे पुरुष होस् या महिला!
उत्तिकै चिन्ताको बिषय बनिरहेको छ।
त्यसैले, मौसमको परिवर्तनसँगै यसरी गर्नुहोस् कपालको स्याहारः

–वर्षाको पानी प्रदूषणयुक्त हुने भएकाले कपाल भिजे तुरुन्तै माइल्ड खालको स्याम्पुले ह्यान्डवास गर्नुहोस्।
–हेयर कलर प्रयोग गर्नुहुन्छ भने त्यसबाट केशको रंग र टेक्सचर दुवै प्रभावित हुन्छ।
यो मौसममा प्रदूषणका कारण कपालमा मिनरल्स जम्मा हुन्छ र कपाल कम्जोर हुन्छ।
–कतिपयः मानिसको शिरमा पसिनाका कारण फंगल इन्फेक्सन हुन्छ। जुन डेन्ड्रफको सबैभन्दा ठूलो कारण बन्छ।

त्यसैले, यो मौसममा हरेक दोस्रो दिन कुनै राम्रो गुणस्तरको एन्टी डेन्ड्रफ स्याम्पुले कपाल धुनुहोस्।
–कपाल धुँदा यी तीन कुरा पनि राम्रो एन्टिसेप्टिक घोलमा आधा घन्टा डुबाएर राखेपछि घाममा सुकाएर प्रयोग गर्नुहोस्।
–कपाललाई घाम एवं प्रदूषणबाट जोगाउन घर–बाहिर घाम–पानीमा निस्कदाँ छाता ओढ्नुहोस्।
–मेथीको दाना तथा निमको पात पिसेर त्यसमा प्याजको रस मिसाई कपालमा प्रयोग गरेर स्याम्पु गर्दा डेन्ड्रफबाट राहत प्राप्त हुन्छ।
–शिरको छालाको इन्फेक्सन र डेन्ड्रफबाट जोगिन आफ्नो काइँयो, रुमाल र तकिया अलग राख्नुहोस्।





