
१२ भदौ २०७६, काठमाडौं
स्वास्थ्यवर्धक खानामध्ये काक्रो पनि एक हो।
भनिन्छ, परम्परागत रुपमै पनि संसारभर काँक्रो पोषकतत्वको एक अंगको रुपमा रहदै अहिलेसम्म पनि आएको छ।
विभिन्न अध्ययनले पनि काँक्रोमा निम्न तत्व हुने जसले स्वास्थ्यलाई अत्यधिक फाईदा पुर्याउने पुष्टि गरिसकेको छ।
काँक्रोमा भएको एन्टीडाएबेटिक र एन्टी अक्सिडेन्ट तत्वले छाला सम्बन्धी समस्याबाट बचाउनुका साथै कब्जियतबाट पनि छुटकारा दिन्छ।
त्यसैले जान्नुहोस् काक्रोका अनेकौं फाईदाहरुः

मुटु स्वस्थः
कांक्रोमा पोटाशियमको मात्रा प्रशस्त पाईन्छ।
चिकित्सकहरुका अनुसार उच्च रक्तचाप हुनबाट जोगाउनुका साथै कांक्रोमा पाईने पोटाशियमले मुटु सम्बन्धी अन्य रोगबाट पनि टाढै राख्न मद्दत गर्दछ।
क्यान्सरबाट बचाउँछः
काक्रो खानाले क्यान्सरका जोखिमबाट बचाउँछ।
जसको सेवनले शरिरमा अनावश्यक रुपमा बढ्दै गएको कोषलाई रोक्नका साथै क्यान्सरको जोखिमबाट बचाउने अध्ययनले खुलाएको छ।

शरिरमा पानीको कम हुन दिदैनः
काक्रोमा ९५.२ प्रतिशत पानी हुने भएकाले शरिरमा पानीको कम हुन दिदैंन।
बुढ्यौली रोक्छः
छाला चाउरिनबाट रोक्ने तत्व पाईने भएकाले सौन्दर्य प्रसोधनका सामानमा कांक्रोको प्रयोगलाई लिन सकिन्छ।

कब्जियत बाट बचाउँछः
कांक्रोमा प्रशस्त मात्रामा पानी हुन्छ।
यसको बाहिरी भागमा प्रशस्त मात्रामा रेशाहरु हुन्छन्।
पानी र रेशाले शरिरका पाचन क्रियालाई शसंक्त बनाउने भएकाले कब्जियतको समस्यालाई दुर गराउँछ।
तौललाई बढ्न दिदैनः
कांक्रोमा न्यून मात्रामा क्यालोरी हुन्छ भने बाहिरी भागमा हुने फाइबरले पाचन क्रियालाई बलियो बनाउँछ।

जसले तौललाई सन्तुलित बनाउन मदत गर्दछ।
सास गनाउनबाट छुटकाराः
सामान्यतया मुखमा भएको ब्याक्टेरियाले सास गनाउने गर्दछ।
कांक्रो लगायतका रेशायुक्त र प्रशस्त पानी भएका खानाले त्यस्ता ब्याक्टेरियालाई हटाईदिन्छ।
जसले मुख गनाउने समस्याबाट मुक्त गराउँछ।

हड्डीलाई बलियो बनाउँछः
कांक्रोमा भिटामिन ‘के’ प्रशस्त मात्रामा पाइन्छ।
भिटामीन ‘के’ ले हड्डीलाई मजबुत बनाउन मद्दत गर्दछ।
यसकारण नियमित कांक्रो सेवन गरे हड्डी मजबुद बन्ने चिकित्सकहरूको सुझाब छ।





