योनी चिलाउने समस्याबाट पाउनुहोस् छुटकारा



११ भदौ २०७६, काठमाडौं

प्रायः महिलाहरु आफ्नो जीवनमा चिलाउने समस्याबाट गुज्रिरहेका हुन्छन्।

समय–समयमा यस्तो समस्य हुनु सामान्य नै भएपनि लामो समयसम्म चिलाइराख्नु वा बारम्बार चिलाइराख्नु भने कदापी राम्रो होइन।

प्रायः सुख्खा छाला भएका महिलाहरुमा योनी चिलाउने समस्या बढी मात्रामा उत्पन्न हुन्छ।

चिकित्सकहरुका अनुसार छालालाई आवश्यक पर्ने पर्याप्त पानीको अभावले गर्दा योनी वरिपरीको छाला सुख्खा हुन गएपछि चिलाउन थाल्छ।

धेरै जनासँग यौन सम्पर्क गर्नाले यौन रोग लाग्ने मात्रै नभइ योनी चिलाउने समस्या पनि शुरु हुने अध्ययनको खुलासा रहेको छ।

त्यसैले आज हामी तपाईहरुलाई योनी चिलाउने समस्या समाधानका लागि यी जानकारी तपाईहरुका लागिः

–सबैभन्दा पहिला किन योनी चिलाउदै छ, जुन कुरालाई थाहा पाउन जरुरी हुन्छ।

यदि धेरै जनासँग यौन सम्पर्कले यस्तो समस्या भएको हो भने सबैभन्दा पहिले त्यस्तो कार्य बन्द गर्नुहोस्।

–कुनै रसायनिक पदार्थको प्रयोगबाट जस्तैः पर्फ्युम प्रयोगको कारणले हो भने त्यस्तो कार्य गर्न आजैबाट छोड्नुहोस्।

–सुतीको पेन्टी मात्र प्रयोग गर्ने र चिलाइ निको नभएसम्म राती सुत्दा पेन्टी नलगाउनुहोस्।

–योनी सुख्खा हुने समस्या छ भने यौन सम्बन्ध राख्दा चिप्लो बनाउने चिल्लोको प्रयोग गर्नुहोस्।

–चिलाउन निको नभएसम्म यौन सम्पर्क नराख्ने र राख्नै परे कन्डमको प्रयोग गर्नुहोस्।

–सधैँ यौन अंग राम्रोसँग सफा राख्नुहोस्।

–बास्नादार टावेल वा बाथ टबमा नुहाउँदा भएको हो भने त्यसो गर्न छोड्नुहोस्।

–योनी चिलाउने समस्या धेरै कारणबाट हुन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्