अनुसन्धानकर्ताको खुलासा: रेड वाइन पिउनु स्वास्थ्यको लागि फाईदाजनक



११ भदौ २०७६, काठमाडौं

प्रायः रेड वाइन मानिसहरुल पार्टीमो सोभा बढाउनलाई र खुसीयालीको अवसरमा सेवन गर्ने गर्दछन्।

रेड वाइनको सेवनले पेट स्वास्थ्य तथा पाचन प्रक्रियाका लागि निकै राम्रो हुने अध्ययनले खुलाएको छ।

रेड वाइनमा पेट स्वास्थ्य तथा पाचन प्रक्रियाका लागि सहयोग गर्ने खालका विविध ब्याक्टेरिया जीवित रहन सक्ने भएकाले फाइदाजनक हुने देखिएको अनुसन्धानकर्ताले जानकारी दिएका छन्।

रेड वाइनमा पोलिफिनोल्सको मात्रा बढी हुने भएकाले यसले पेटलाई स्वस्थ बनाउनुका साथै पाचन प्रक्रियालाई सहयोग गर्ने किङ्गस् कलेज लण्डनका अनुसन्धानकर्ताले बताएका छन्।

उनका अनुसार, ह्वाइट वाइन, बियर तथा सिडरमा पोलिफिनोल्सको मात्रा निकै कम हुन्छ।

दुई हप्तामा एक गिलास रेड वाइन सेवन गरेमा पेट स्वस्थ तथा पाचन प्रक्रिया राम्रो हुने देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

तर….

अनुसन्धानको निष्कर्ष रक्सीको लत बसाल्नका लागि नरहेको अनुसन्धानमा संलग्नले बताएका हुन्।

पोलिफिनोल्स विभिन्न प्रकारका फलफुल तथा तरकारीमा पाइन्छ।

रेड वाइन बनाउनका लागि प्रयोग गरिने अंगुरको बोक्रामा रिज्भेरेट्रोल प्रजातिका पोलिफिनोल्स पाइन्छ।

जुन माइक्रोब्स रक्सीमा पाइने र पेटमा गएर पनि जीवित रहने गर्छन्।

मानव शरिरमा भएका माइक्रोबायोटाको मात्रामा थोरैमात्र परिवर्तन आएमा पनि इरेटेबल बोल सिन्ड्रोम, मुटु सम्बन्धी रोग तथा माटोपन र मुड एवम् मानसिक स्वास्थ्यमा पनि असर पर्ने अनुसन्धानहरुले देखाएका छन्।

खानपान, जीवनशैली तथा लिने केही औषधिहरुले सन्तुलित अवस्थामा रहको हाम्रो पेट भित्रको पारिस्थितिक प्रणालीमा असर पर्दछ।

त्यसैले यसलाई सन्तुलित बनाइराख्नु अत्यावश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्