डायटरी सप्लीमेन्ट फार्मेसीमा राखी बिक्री वितरण गर्न प्रतिवन्ध गर्दे



११ भदौ २०७६, काठमाडौं

औषधी व्यवस्था विभागले डायटरी सप्लीमेन्ट तथा न्युट्रासिटिकल्स प्रडक्ट (आहारपुरक खाद्यपदार्थ) फार्मेसीमा राखी बिक्री वितरण गर्न प्रतिवन्ध लगाउने तयारी गरेको छ।

जुन खाद्य पदार्थ औषधि नभएको र विभागमा दर्ता समेत नभएको भन्दै विभागले फार्मेसीमा विक्री गर्न प्रतिवन्ध लगाउन लागेको हो।

औषधि व्यवस्था विभागका महानिर्देशक पानबहादुर क्षेत्रीले औषधी ऐनले डायटरी सप्लीमेन्ट तथा न्युट्रासिटिकल्सको बारेमा स्पष्ट ढंगले कानूनमा व्याख्या भएको उल्लेख गर्दै सोही अनुसार नियमन गर्न विभागको तयारी रहेको बताए।

‘कानूनले बन्देज लगाए पनि कतिपय फार्मेसी पसलहरुले आयातित डायटरी सप्लीमेन्ट राखेर विक्री वितरण गरेको पाइएको छ। यसो गर्न पाइदैन। फार्मेसीमा विभागमा दर्ता भएका औषधि बाहेक अरु चिज राख्न पाइदैन,’ उनले भने।

कतिपय चिकित्सकहरुले औषधिसंगै डायटरी सप्लीमेन्ट समेत फोर्स प्रिस्काईव गरेको भन्दै उनले यस्तो कार्य समेत गलत भएको बताए।

डायटरी सप्लीमेन्ट सप्लाईकर्ताले भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बनाएको आहार पुरक (डायटरी सप्लीमेन्ट) खाद्य पदार्थ नियमन कार्यविधि २०७२ अनुसार आफूहरुले यसको विक्री वितरण गरेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्