
१० भदौ २०७६, काठमाडौं
परिवार नियोजको अस्थायी साधनमध्ये सबैभन्दा बढी प्रयोगमा आउने साधन कन्डम हो।
नेपालले ४ वर्षमै कन्डम आयातमा ६६ करोड १४ लाख ८३ हजार रुपैयाँ खर्च गरेको छ। त्यसमा पनि सबैभन्दा बढी भूकम्प आएपछि आर्थिक वर्ष २०७२र७३ मा बढी कन्डम आयात भएको छ।
भन्सार विभागमा अनुसार आव २०७२र७३ मा सबैभन्दा बढी २१ करोड ११ लाख ३ हजार रुपैयाँ बराबरको ४ लाख ५७ हजार ७ सय ७६ केजी कन्डम आयात भएको छ।
यसैगरी आर्थिक वर्ष २०७५र७६ मा १३ करोड ५३ लाख रुपैयाँ बराबरको २ लाख २२ हजार ३ सय ६ केजी कन्डम आयात भएको छ।
त्यस्तै, २०७४र७५ मा १९ करोड ९३ लाख ३९ हजार रुपैयाँ बराबरको ३ लाख ७ हजार ९ सय ९८ केजी कन्डम आयात भएको थियो भने आव २०७३र७४ मा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बराबरको १ लाख ८३ हजार २ सय ७७ केजी कन्डम आयात भएको छ।
सरकारले कन्डम आयातमा भने १ प्रतिशत मात्रै कर लिँदै आएको छ।





