नयाँ स्वास्थ्य सचिव खगराज बराल



१० भदौ २०७६, काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भई आएका सचिव खगराज बरालले आजबाट जिम्मेवारी सम्हालेका छन।

सोमबार विहानबाट स्वास्थ्य मन्त्रालयमा पुगी जिम्मेवारी सम्हालेको हो।

उनी यसअघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा थिए। उनले लामो समय शिक्षा सेवामा बिताएका हुन्।

यसअघिका स्वास्थ्य सचिव रामप्रसाद थपलिया युवा तथा खेलकूद मन्त्रालयमा सरुवा भएका छन्।

करीब ११ महीनाको अन्तरालमा सचिव बरालले चौथो स्वास्थ्य सचिवका रुपमा जिम्मेवारी सम्हाल्न आईपुगेका हुन्।

पदभारग्रहण कार्यक्रममा बोल्दै बरालले सचिव पद भीडभाडमा हिँडेजस्तो भएको चर्चा गर्दै आफूले सबै पक्षको ख्याल गरेर अगामी दिनमा काम गर्ने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्