यसकारण श्रीमान–श्रीमतीबीच झगडा उत्पन्न हुन्छ



०९ भदौ २०७६, काठमाडौं

भनिन्छ, श्रीमान–श्रीमतीको झगडा परालको आगो।

कारणः जत्ति छिटो परालमा आगो लाग्छ, त्यत्ति नै छिटो निभ्छ पनि।

त्यस्तै, श्रीमान–श्रीमतीको झगडा जत्ति छिटो हुन्छ नि, त्यत्ति नै छिटो मेलमिलाप पनि हुन्छ।

यो सम्बन्ध नै त्यस्तै हो।

स–साना झै–झगडाका कारण माया–प्रेम झन् बढ्दै जाने वैज्ञानिकहरु खुलासा गरेका छन्।

तर…..

कहिले–काही जुन झगडाले नै विकट रुप लियो भने त्यसले माया बढाउनुभन्दा सम्बन्धको नै अन्त्य हुन बेर लाग्दैन।

त्यसैले आज हामी तपाईहरु सामु दाम्पत्य जीवनमा झगडा हुनुको कारणहरु पस्केका छौं।

सधैं एकै किसिमको खानाः

प्रायः मानिस जुन सुकैलाई पनि एकै प्रकारको खाना खानु मन लाग्दैन।

प्रत्येक दिन भिन्न–भिन्नै किसिमको परिकार सबैलाई मन पर्छ।

जसमा पनि महिलाहरुको मामलामा पुरुषहरु फरक–फरक किसिमको परिकार होस् भन्ने चाहान्छन्।

तर…

हरेक दिन फरक–फरक खाना चहीँ के बनाउने बिषयमा महिलालाई तनाव हुन्छ।

सधैँ खाना एउटै भएपश्चात पुरुषलाई दिक्का लाग्छ।

यसै बिषयलाई लिएर झगडा शुरु हुन्छ।

साथीहरुसँग व्यस्त रहनु:

अफिस छुट्टी भईसकेपछि साथी–भाईहरुसँग रमाईलो गर्नु त रामै्र कुरा हो।

तर…

आफ्नी श्रीमतीलाई समय नदिनु कदापी राम्रो कुरा हैन।

श्रीमानले आफ्नो श्रीमतीको भावना वुझ्न नसक्नु, श्रीमतीको मन दुखाउनु,उसको खुशी के हो? ध्यान नदिदाँ श्रीमतीले मन दुखाउनु स्वाभाविकै कुरा हो।

दाम्पतीमा झगडाको प्रमुख कारण हो–परिवारलाई समय दिन नसक्नु

रोमान्स नहुनुः

श्रीमान–श्रीमती जब आमा–बुवा बन्छन्।

तब पहिलाका जस्तै रोमान्स नहुनु पनि स्वभाविकै हो।

प्रायः यसपछिको समय आफ्नो बच्चाको लालन–पालन र घर व्यवहार चलाउनमा नै बितिरहको हुन्छ।

यसैकारण श्रीमान–श्रीमतीलाई एकअर्काको लागि समयमा कमी आउँन जान्छ।

जसले गर्दा श्रीमान–श्रीमतीबीच झगडा उत्पन्न हुन थाल्छ।

छुट्टी नलिनुः

प्रायः श्रीमती श्रीमानले अफिसबाट छुट्टीको नलिएको विषयमा गनासो गर्न थाल्छन्।

जुन छुट्टीको समयमा पनि काम–काम भनिरहँदा श्रीमानले श्रीमतीलाई समय नदिएको अनुभव हुन्छ।

यही सानो कुरामै पुनः झगडा शुरु हुन्छ।

भिजेको टाबेल र गन्हाउने मोजाः

श्रीमतीले घरको हरेक सरसफाईमा निकै ध्यान दिने गर्छिन्।

आफ्ना श्रीमानले आफ्ना सामानहरु ठिक ठाउँमा राख्ने र घरलाई सफा बनाउन सहयोग गरुन् भन्ने श्रीमतीको अपेक्षा हुन्छ।

तर…

जुन श्रीमतीको आपेक्ष जस्तै नभईसकेपछि एक–अर्कोमा मनमुटाव शुरु हुन थाल्छ।

एक जना सफा गर्न अर्काे ध्यान नदिने यसै बिषयमा झगडा हुन थाल्छ।

प्रतिक्रिया दिनुहोस्