रोल्पामा २५ हजार जनताको भागमा एक डाक्टर



०९ भदौ २०७६, काठमाडौं

करिव २५ हजार जनसंख्या भएको रोल्पामा एक डाक्टरको पहुँच रहेको देखिएको छ।

जिल्लामा रहेको २ लाख २४ हजार बढी जनसंख्याका लागि १० जना मात्रै डाक्टरले सेवा दिईरहेको हो।

रोल्पा अस्पताल रेउघामा ४ जना डाक्टरहरुले सेवा दिइरहेका छन्।

यस्तै, जिल्लाका दुई प्राथमिक स्वास्थ्य केन्द्रमा ३ सहित ७ जना डाक्टरले सरकारी संस्थाबाट सेवा दिइरहेका छन्।

जिल्लामा ३ वटा निजी अस्पतालबाट ३ जना डाक्टरले सेवा दिइरहेको बताइन्छ।

१५ शय्याको रोल्पा अस्पतालमा २ जना करार र २ स्थायी गरि ४ जना डाक्टरले सेवा प्रवाह गरिरहेका छन्।

सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा २ र होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा १ डाक्टरले सेवा दिइरहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सूचना अधिकारी नोखराज पोख्रेलले जानकारी दिए।

‘सदरमुकाम लिबाङ, सुलिचौर र घर्तीगाउँमा रहेका एक÷एक निजी अस्पतालहरुमा समेत डाक्टरले सेवा दिइरहेका छन्’, सूचना अधिकारी पोख्रेलले भने।

प्रतिक्रिया दिनुहोस्