स्याङ्जामा फेला पर्यो डेङ्गुको बिरामी



०९ भदौ २०७६, काठमाडौं

स्याङ्जामा डेङ्गुका एक बिरामी फेला परेका छन्।

पोखरामा डेङ्गुका बिरामी फेला परिरहेका बेला नजिकैको बजार स्याङ्जामा पनि एक जनामा डेङ्गुको लक्षण भेटिएको हो।

जिल्ला स्वास्थ्य कार्यलयका सूचना अधिकारी मित्रलाल अर्यालका अनुसार, पुतलीबजार नगरपालिका– २ का ३२ वर्षीय एक पुरुषमा डेङ्गु फेला परेको थियोे।

गत बिहीबार अस्पतालमा भर्ना भएर उपचार गराइरहेका उनको ल्याब परीक्षणका क्रममा डेङ्गु भेटिएको पुष्टि भएको उनले बताए।

डेङ्गु लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो।

यो रोग विशेषगरी पोथी एडिज नामको लामखुट्टेकोे टोकाइबाट मानिसमा सर्छ शुरुमा बिरामीको टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, जिउ तथा हात दुख्ने, आँखाको गेडी दुख्ने, शरिरमा मासु दुख्ने डेङ्गुका लक्षण भएकाले यस्ता लक्षणसाथ स्वास्थ्य सस्थामा उपचारको लागि जानुपर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्