०७ भदौ २०७६, काठमाडौं
डेङ्गु एक भाइरसद्वार लाग्ने संक्रमण हो।
जुन एडिज नामको लामखुट्टेको टोकाईबाट हुने गर्दछ।
जुन रोगका कारण प्रत्येक वर्ष करिव पाँच लाख मानिस अस्पतालमा भर्ना हुने चिकित्सकहरुको भनाई छ।
केही महिनासम्म पुर्वी तराईका जिल्लाहरुमा फैलिरहेको र केही ज्यान समेत लिइसकेको डेङ्गु रोगको पछिल्लो समय उपत्यकामा पनि दखिन थालेको छ।
डेङ्गुको संक्रमण बढ्ने क्रममा रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
उपत्यकामा पनि डेङ्गु संक्रमितको संख्या ४१ पुगेको प्रमाणित भएको तथ्याङ्क महाशाखामा प्राप्तामा भएको छ।
त्यसैले डेङ्गुबाट बच्नका लागि यी जनकारी तपाईहरुको लागिः
–लामखुट्टेको वृद्धि रोक्नुहोस्।
–फुलदानीमा भएको पानी हप्तामा दुई पटक सफा गर्नुहोस्।
–पानी जम्न सक्ने भाडाहरू जस्तैः गमला फुलदान खाली बट्टा अलकत्र वा मट्टीतेल खाली ड्रमहरू गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न नदिनुहोस्।
–पानीको ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिनुहोस्।
–प्रत्येक हप्ता कुलरको पानीमा सफा गर्नुका साथै मट्टीतेल हादिनुहोस्।
–घरकै झ्याल ढोकामा जाली लगाउनुहोस्।
–सधैँ सुत्दा खेरि झुलको प्रयोग गर्नुहोस्।
–लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाक्ने लुगा लगाउनुहोस्।
–घर वर–पर सफा सुग्घर राख्नुहोस्।
नोटः डेङ्गु ज्वरोविरुद्धको खोप र खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो।