इबोला रोगका कारण कंगोमा एक हजार ९६५ जनाको मृत्यु



 

०७ भदौ २०७६, काठमाडौं

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ।

उक्त संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर रहेको पनि स्पष्ट गरेको हो।

डब्लुएचओका स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक डा.माइक रायनले मध्य जुनसम्म झण्डै ८० जना नयाँ रोगी फेला परेको बताए।

उनले पछिल्ला दुई तीन सातादेखि नयाँ संक्रमित बिरामीको संख्या घट्दै गएको बताए। उनले भने,“यो प्रवृत्तिमा निरन्तर कमी आउने अपेक्षा गरिएको छ।” डब्लुएचओले यस रोगसँग जुध्न ६७० जनाभन्दा बढी कर्मचारी कंगोमा खटाएको छ ।

उनले भने, “केही क्षेत्रमा हामीले राम्रै प्रगति गरेका छौं । हामीसँग खोप पनि उपलब्ध छ । निगरानी र खोपका कारण यो रोग तिब्र गतिमा अहिले फैलिन पाएको छैन ।”

प्रतिक्रिया दिनुहोस्