
०७ भदौ २०७६, काठमाडौं
जिल्लामा डेङ्गुको संक्रमण बढ्दै गएपछि डेङ्गु र स्क्रवटाइफसको परीक्षणका लागि कीटको अभाव हुन थालेको छ।
पछिल्लो समय आएको ३५० कीटमध्ये अब ५० कीट मात्रै बाँकी रहेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिए।
गत २९ साउनमा कार्यालयमा कीट आएको थियो।
कार्यालयका कीट नियन्त्रक राम के.सीका अनुसार, कीटको अभावमा अस्पताललाई आवश्यक मात्रामा उपलब्ध गराउन सकिएको छैन। माडीमा रहेको बघौडा अस्पतालमा कीट उपलब्ध गराउन सकिएको छैन भने रत्ननगर वकुलहर अस्पतालमा पनि मागअनुसारको उपलब्ध गराउन नसकिएको उनले बताए।
कीटको अभावका कारण बिरामीको परीक्षणमा समस्या नहोस् भनेर अहिले ५० वटा कीट राखिएको र थप कीट माग गरिएको केसीले जानकारी दिए।





